सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

Read Time = 1 min

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।

बैंकको आर्थिक बर्ष ०६६/६७ देखि ०७०/७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ ।

सेयरधनीले बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ ।

यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?