बाजुरामा ३४ जनाले बुझाए हतियार

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

बाजुरा । बाजुरामा ३४ जना व्यक्तिले जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् । आसन्न मसिंर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रसासनले ३५ दिनभित्र हतियार बुझाउन सूचना जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनाका आधारमा बाजुराका ९ वटा स्थानिय तहबाट ३४ हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो । त्यसै गरी यो अवधिमा एक जना अबैध भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभयो ।

निर्धारित समयमा हतियार नबुझाउनेहरूलाई फेरि हातहतियार फेला परे कानून बमोजिम कारबाहीसमेत गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?