Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

काचा बादाम गायक भुवनकाे ब्यस्तता

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

मुम्बई । गीत ‘काचा बादाम’ बाट रातारात स्टार बनेका गायक भुवन बादायकरलाई सबैले सम्झिएकै होलान् । उनलाई लोकप्रिय बनाउने काम अञ्जली अरोडाले गरिन् । किनकी भुवनकै गीतले अञ्जली पनि चर्चित बनेकी थिइन् ।

यिनै भुवन आफ्ना फ्यानमाझ नयाँ एलबम लिएर कमव्याक गर्दैछन् । उनले आफू गायनमा सक्रिय हुनका लागि बदाम नबेच्ने निर्णय लिएका छन् ।

भुवनलाई बदाम बेच्ने शैलीले चर्चित बनाएको थियो । बदाम बेच्ने काम र त्यही गीतले उनको आर्थिक स्तर माथि ल्याएको थियो । तर गत मेमा भएको कार दुर्घटनापछि उनी गुमनाम बनेका थिए । यद्यपि अलिहे उनी स्वस्थ छन् र एलबम रिलिजको तयारीमा छन् ।

उनको एलबममा तीन गीत छन् । जुन गीत जीवनको यात्रामा आधारित छ । ‘मैले एलबमको नाम ‘अब म बदाम बेच्दिनँ’ राखेको छु । यो एलबममा म कसरी लोकप्रिय भएँ भन्ने कुरा समावेश गरिएको छ । मैले यो काम गर्न नचाहेको होइन, तर म सँग यो कामका लागि पर्याप्त समय छैन । म अब आफ्नै जीवन जिउन चाहन्छु’, उनले भनेका छन् ।

भुवनका अनुसार उनको अहिले गाडी छ । उनी सोही गाडीमा घुमिरहन्छन् । भुवन अभी जात्रा नामको थिएटर ग्रुपसँग जोडिएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?