काम नगर्ने, कुरा मात्रै गर्ने प्रबृत्तिको नेताबाट विकास समृद्धि सम्भव छैनः प्रवक्ता डा.महत

हिमालय टाइम्स
Read Time = 6 mins

रुपन्देही । नेपाली काँग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचार-प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले केपि ओलीको नेतृत्वबाट मुलुकको विकास र समृद्ध सम्भव नभएको बताउनु भएको छ ।

उहाँले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता काँग्रेस सभापति शेरबहादुर देउवामा रहेको दावी गर्नुभयो । ‘मुलुकमा विभाजनकारी होईन, समन्वयकारी नेतृत्वको आवश्यकता छ ।’ उहाँले एमाले अध्यक्ष केपि ओलीलाई ईङ्गित गर्दै भन्नुभयो-‘काम नगर्ने, कुरा मात्रै गर्ने प्रबृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन, देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ ।’

नेपाली काँग्रेस चुनाव प्रचार-प्रसार समिति अन्तरगत गठित खेलकुद क्षेत्र समन्वय समितिले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अहिलेको निर्वाचन व्यवस्थाको रक्षा गर्ने की व्यवस्थालाई अझै कमजोर बनाउने भन्ने विचको रहेको भनाई राख्नुभयो ।

संविधान, प्राप्त उपलब्धि रक्षागर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि काँग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधान र व्यवस्थाको रक्षागर्दै युवालाई शिक्षा र रोजगारीको ग्यारेन्टी काँग्रेसले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले शान्ति र भयरहित समाज निर्माणको लागिपनि गठबन्धनका उम्मेदवारलाई जिताउनआग्रह गर्नुभयो ।

रुपन्देहीको क्षेत्र नं. २ मा काँग्रेसको नेतृत्वमामा ओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनीधि सभा सदस्यमा जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा तथा प्रदेश सभा क मा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी र प्रदेश सभा ख मा माओवादी केन्द्रका नेता बामदेव क्षेत्री उम्मेदवार हुनुहुन्छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले एमाले अध्यक्ष केपीओलीको हिटलरी शासन र ज्ञानेन्द्र शाहबन्ने भित्रिचाहना रोक्नको लागिपनि सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउँदै त्यसमा सहयोग गर्न अपिलगर्नुभयो । उहाँले यस अगाडिको संसदमा जनमुक्ति संसद बाहिर भए पनि एमालेको सर्वसत्तावाद शैलीको सधै विरोध गरिरहेको भनाई राख्नुभयो । उहाँले सत्ता गठबन्धनसंग अहिले मात्रै नभएर भविश्यमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेश सभा क का उम्मेद्वार काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसीले अहिलेसम्म खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको बताउँदै आगामी दिनमा खेलकुद क्षेत्रलाई शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्तगर्नुभयो । उहाँले यस क्षेत्रमा रंगशाला बनाउने प्रतिवद्धता व्यक्त गर्दै अन्य खेलकुदका पूर्वाधार निर्माण तथा खेलाडीलाई व्यवसायिक विकास गर्न पहलगर्ने बताउनु भयो ।

उहाँले यहाँका मतदाताको आवश्यकताअनुसार काम गर्ने बताउँदै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको भनाई राख्नुभयो । ‘यहाँका जनताको आवश्यकता नै मेरो आवश्यकता हो ।’ उम्मेद्वार केसीले भन्नुभयो-‘यहाँका जनताको मनोभावना अनुसार काम गर्ने छु ।’ उहाँले यो पदमा एक पटक मात्रै रहने बताउँदै अर्को निर्वाचनमा राम्रो कामगर्न सकेमा प्रतिनीधि सभामा जाने र यो स्थानमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने पनि बताउनु भयो ।

नेपाली काँग्रेस निर्वाचन प्रचार-प्रसार समिति खेलकुद क्षेत्र समन्वय उपसमितिका संयोजक कर्माछिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि रीता सेन वली, प्रचार प्रसार समितिका सह-संयोजक शुभराज बस्नेतलगायतले भनाई राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?