बैतडी । बैतडीमा दशै तिहारको अवधीमा १ सय ४५ सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका अनुसार ट्राफिक नियमको उल्लङ्घन गर्ने साना तथा ठुला सवारी साधन गरी १ सय ४५ सवारी साधन कारवाहीमा परेका हुन् ।
सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, तिव्रता गतिमा सवारी साधन हाक्ने, क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राम सिह भण्डारीले जानकारी दिनुभयो । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनहरुबाट डेढ लाख बढी राजस्व संकलन गरिएको पनि उहाँले बताउनुभयो ।
दशै तथा तिहारको अवधीमा जिल्लामा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने , हेलमेटको प्रयोग नगर्ने , ट्राफिक नियमको पालना नगरी तिव्र गतिमा सवारी साधन चलाउनेहरुबाट १ लाख ८९ हजार ५ सय रुपयाँ राजस्व संकलन गरिएको भण्डारीले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले दशै तथा तिहारको समयमा जिल्लाका सात स्थानमा यात्रु साहयता कक्ष स्थापना गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका