उम्मेदवार भोट माग्दै खेतमा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्रनम्बर २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले खेतबारीमा पुगेर किसानहरुसँग मत माग्नुभएको छ ।

उहाँले किसानहरूसँग केही समय मत समेत माग्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नं ९ तेघरामा किसानकै खेतबारीमा पुगेर मत माग्नुभएको हो । ‘निर्वाचन प्रचारको क्रममा धेरै किसानहरू खेतमा धान काट्न व्यस्त हुनुहुन्छ,’ शर्माले भन्नुभयो, ‘उहाँहरूलाई काममा डिष्ट्रब नगरेरै आफ्नो कुराहरू राख्न खेतमै आएकी हुँ ।’

मत माग्दै गर्दा शर्माले केही बेर धान समेत काट्नु भएको थियो । आफू किसान परिवारमा जन्मिएकाले सहजै श्रम गर्न सक्ने उहाँले बताउनुभयो । ‘किसानको समस्या मलाई राम्रोसँग थाहा छ,’ शर्माले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको व्यवसायिकरण गर्न जरूरी छ ।’

किसानहरूसँग छलफलका क्रममा पूर्वमन्त्री शर्माले किसानलाई कृषि उपज तथा बीउबिजनमा अनुदानका कार्यक्रम ल्याइने बताउनुभयो ।

पूर्व मन्त्री खेतमै गएर धान काटेपछि किसानहरू दंग भएका छन् । ‘रेखा शर्मा निकै सरल स्वभावकी हुनुहुँदो रहेछ, हाम्रो देशका लागि यस्तै नेता चाहिएको हो,’ स्थानीय बसन्ता वलीले भन्नुभयो, ‘रेखा शर्मा जस्तै सरल र इमान्दार नेतालाई देशको नेतृत्वमा पुर्याउनुपर्छ ।’

अर्का स्थानीय जयन्ता बस्नेतले आफूलाई नेता भने पछि सुकिला मुकिला हुन्छन् भन्ने आफ्नो सोँच रेखा शर्माले परिवर्तन गरिदिएको बताउनुभयो । ‘हामीलाई जमिन्दार र घमण्डी नेता होइन, रेखा शर्मा जस्तै सरल नेता आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो गाउँठाउँमा सबेैले रेखा शर्मालाई विजयी गराउने भन्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?