काठमाडौं । आगामी ४ मंसिरको प्रतिनिधिसमा निर्वाचनलाई लक्षित गरी कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ गगन दाई....’ बोलको गीत सार्वजनिक भएको हो ।
उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उहाँले गरेका संघर्षको चर्चा गरिएको छ ।
यसैगरी पहिलो अन्तरामा गगनले मन्त्री हुँदा र अहिलेसम्म गरेका कामहरू चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उहाँको नेतृत्वमा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उहाँको ‘प्रोजेक्ट गभर्मेन्ट’को यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।
गीतमा देशलाई नयाँ जीवन दिन सक्ने पात्रको रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा गगनलाई प्रधानमन्त्री बनाइनु पर्ने भाव व्यक्त छ । माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ । संगीत संयोजन विशम आचार्यले गर्नुभएको हो।
विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको भिडियोमा गीतको शब्द अनुसारका फुटेज राखिएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका