राष्ट्रको विकासमा मुस्लिम समूदाय भूमिका महत्त्वपूर्ण छ : नेता चौधरी

Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनितिमा मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भूमिकामा रहेको बताउनुभएको छ । नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लीम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताउनुभएको हो ।

पश्चिम नवपरासी निर्वाचन क्षेत्र न १ मा सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यमा उम्मेवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले मुस्लीम समुदाय नेपालको राष्ट्रिय राजनितिमा निर्णायक र महत्पूर्ण भूमिका निर्वाह गर्न सक्ने समुदाय रहेको जिकिर गर्नुभयो ।
मुस्लीम समुदाय समेत नेपालको परिपेक्षमा मुल कर्णधार भएको जिकिर गर्दै नेता चौधरीले मुस्लीम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पुर्ण साथ रहेको विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन केन्द्रीत बिषय बस्तुहरुलाई प्रकाश पादै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या , उखु किसानको समस्या र उत्पादीक केराको बजारीकरण वारे देखिएको समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने दावी गर्नुभयो ।

जनताको आय स्तर बृद्धि हुनुपर्नेमा जोड दिँदै नेता चौधरीले समग्र रुपमा मुस्लीम समुदायको शैक्षिक स्तर बृद्धि , विश्व बिद्यालय स्थापना , लगायतका बिषयमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?