मोरङ । पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा एमएमएफ सीवेस्ट बंगाल भारतलाई १-३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वाटरफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी-११ स्थित लक्ष्मी माविको खेल मैदानमा बिहीबार भएको प्रतियोगितामा भारत पहिलो खेलबाटै बाहिरिएको हो । सिरहासँगको प्रतिस्पर्धामा गोलको तालमेल मिलाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो ।
आगामी कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालका सात तथा विदेशी तीन टोली सहभागी छन् । विराटनगर, झापासँगै डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, सहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएमएफसी पश्चिम बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनियर फुटबल क्लब सहभागी छन् ।
प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरीले जितेको थियो । विजेताले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई जनही १५ हजार तथा उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो । खेलको मुख्य प्रायोजक बुद्ध एयर तथा सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका