रियल म्याड्रिडको सानदार जित

Read Time = 4 mins

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा स्कटिस क्लब सेल्टिकमाथि ५–१ को सानदार जित हात पारेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले रियलका लागि गोल गर्नुभयो । सेल्टिकका जोटाले एक गोल फर्काउनुभयो ।

खेलको छैटौँ मिनेटमा नै लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १-० ले अघि बढाउनुभयो । २१औँ मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पार्नुभयो । ५१औँ मिनेटमा ड्यानी कार्भाजलको पासमा मार्काे एसेन्सियाले उत्कृष्ट गोल गर्दै रियललाई ३-० ले अघि बढाउनुभयो ।

६१औँ मिनेटमा भाल्भेर्डेको पासमा भिनिसियसले र ७१औँ मिनेटमा फेडे भाल्भेर्डेले लुकास भास्क्वेजको पासमा गोल गर्दै रियललाई ५-० ले अघि बढाउनुभयो । ८४औँ मिनेटमा जोटाले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई ५-१ को स्थितिमा ल्याउनुभयो ।

यस जितसँगै रियल ६ खेलबाट १३ अंक जोडेर समूह ‘एफ’ मा शीर्षस्थानमा रहृयो । सेल्टिक दुई अंक जोडेर पुछारमा रहृयो ।
यही समूहको अर्काे खेलमा आरबी लाइप्जिगले साख्तर डोनेस्कमाथि ४-० को सानदार जित निकाल्यो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुनकु, आन्द्रे सिल्भा, डोमिनिक जोबोस्लाइले गोल गर्दा एक गोल उपहार पायो । भालेरी बोन्डरले आत्मघाती गोल गर्नुभयो । यस जितसँगै लाइप्जिग १२ अंक जोडेर समूहमा दोस्रो भयो । साख्तर ६ अंक जोडेर तेस्रो स्थानमा रहृयो ।

यता, अर्को खेलमा क्लब युभेन्ट्सलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले २-१ गोलअन्तरले पराजित गर्‍यो । तर, पिएसजी र बेन्फिकाले समान खेलबाट समान १४ अंक जोड्दा गोल अन्तर, गोल गरेको र खाएको गोल पनि बराबरी भएपछि बढी अवे गोलका कारण बेन्फिका शीर्षमा पुग्यो । बेन्फिकाले नौ अवे गोल गर्दा पिएसजीले ६ अवे गोल गरेको छ ।

बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोड्यो । युभेन्ट्सले तीन तथा मकावी हाइफाले तीन अंक जोडेर पुछारमा रहृयो । एलिएन्ज स्टेडियम टुरिनमा बुधबार राती भएको खेलमा पिएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले गोल गर्नुभयो । युभेन्ट्सका लियोनार्दाे बोनुचीले एक गोल फर्काउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?