इथोपियाका विद्रोही समूहहरू स्थायी रूपमा हतियार बिसाउन सहमत

Read Time = 1 min

अडिस अबाबा । अफ्रिकी मुलुक इथोपियाको उत्तरी टिग्रे क्षेत्रमा सक्रिय विद्रोही समूहहरू स्थायी रूपमा हतियार बिसाउन सहमत भएका छन् । इथोपिया सरकारविरुद्ध लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएका टिग्रेका विद्रोहीहरू अफ्रिकन युनियनको मध्यस्थतामा हिंसात्मक गतिविधि त्याग्न तयार भएका हुन ।

इथोपियन सरकारविरूद्ध लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएका समूहहरू हिंसा अन्त्य गर्न सहमत भएकाले इथोपियाका लागि नयाँ बिहानी सुरु भएको मध्यस्थकर्ताले बताएका छन् । इथोपियाका प्रधानमन्त्री अबि अहमदले सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्ने बताउनुभएको छ भने टिग्रेका विद्रोहीले पनि पुनः हिंसा हुन नदिने प्रतिबद्धता जनाएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?