भारतका पाँच शहरमा कमलको गजल वाचन

Read Time = 2 mins

काठमाडौं । गजलकार कमल संघर्षको गजल वाचन कार्यक्रम भारतका विभिन्न पाँच शहरमा सम्पन्न भएको छ । भारतमा खुडी, सडक र संघर्ष नाम दिइएको कार्यक्रम कात्तिक १ गते गुजरातको सुरतबाट सुरु भएको थियो । उक्त कार्यक्रम कात्तिक ३ गते गुजरातकै भरुच, ६ गते तेलङ्गानाको हैदरावादमा, १० गते महाराष्ट्रको पुणे र १३ गते मम्बईमा सम्पन्न भएको हो ।

कार्यक्रमको संयोजन गुजरातमा ऊर्जावान युवा समूह, हैदरावादमा सुदूरपश्चिमेली नेपाली समाज, हैदरावाद, पुणेमा सिर्जनशील बचत समूह, पिम्पिरी र मुम्बईमा मनका लहर साहित्य मञ्च भारत र सृष्टि मनि ट्रान्सफरले गरेका थिए ।

आइतबार मनका लहर साहित्य मञ्च भारत र सृष्टि मनि ट्रान्सफरको सहकार्यमा मुम्बईको सायन सम्पन्न कार्यक्रममा गजलकार संघर्षका गजलकृति खुडी र सडकलाई स्वागत तथा सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा विशेष वाचक कमल संघर्षले नेपाली भाषा र अछामी भाषामा लेखिएका दुई दर्जन गजल सुनउनुभएको थियो । मुम्बई मेहफिलमा मुम्बई आसपासका एक दर्जन बढी अन्यु स्रटाले समेत रचना सुनाएका थिए ।

अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय रहनुभएका संघर्ष नौखुवा छमास्या पत्रिकाका प्रमुख सम्पादकसमेत हुनुहुन्छ । उहाँका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । प्रथमपटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?