ब्याज वृद्धिविरुद्ध उद्योगीको धर्ना कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । उद्योगी व्यवसायीहरूले ब्याज वृद्धिविरुद्ध आन्दोलन गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा बिहान शान्तिपूर्ण मौन विरोध कार्यक्रम हुने संघले जनाएको छ ।

वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा भएका अनुपयुक्त कदम तथा बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीले धान्नै नसक्ने ब्याज वृद्धिविरुद्ध राज्यलाई सचेत गराउन शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थतन्त्रमा नकारात्मक असर पार्ने खालका गतिविधिविरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट अनुपयुक्त कदम यथासक्य चाँडो सम्बोधन होस् भनी ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । उपत्यकाभित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघको संयुक्त आहृवानमा शान्तिपूर्ण मौन विरोध कार्यक्रम हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?