मुुम्बई ज्वेलरी मेलामा नेपाललाई निम्तो

Read Time = 1 min

काठमाडौं । भारतको मुम्बईमा आगामी जनवरीमा आयोजना हुने बृहत् अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाल सुनचाँदी व्यवसायीलाई पनि आयोजकले आमन्त्रण गरेको छ । मेला आगामी जनवरी ५ देखि ९ सम्म गतेसम्म हुनेछ ।

मेलामा सहभागिता जनाउन आग्रह गर्दै भारतको जिजेइपिसीका सिनियम म्यानेजर अजय पुरोहितले महासंघका अध्यक्ष शाक्यलाई बिहीबार औपचारिकरूपमा निमन्त्रणा दिनुभएको महासंघले जनाएको छ ।

अध्यक्ष शाक्यका अनुसार मेलामार्फत् दुई देशबीचको प्रविधि हस्तान्तरण एवं व्यापार विस्तारमा समेत सहयोग पुुग्नेछ । यसअघि पनि उक्त मेलामा नेपालबाट महासंघले सहभागिता जनाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?