इन्धनको मूल्य बढेर आयो

Read Time = 2 mins

काठमाडौं । पछिल्लोपटक भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको बढेको मूल्यसूची पठाएको छ । नेपाल आयल निगमले डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको जनाएको छ ।

नयाँ मूल्यसूचीअुनसार पेट्रोलमा ६१ पैसा प्रतिलिटर, डिजेल पाँच रुपैयाँ ७६ पैसा, मट्टितेल चार रुपैयाँ एक पैसा र हवाई इन्धनमा चार रुपैयाँ ७७ पैसा प्रतिलिटर बढेर आएको छ तर एलपी ग्याँसको मूल्य भने केही घटेर आएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मूल्य बढेर आएसँगै निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्याँसमा दुई सय २८ रुपैयाँ ८४ रुपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ । पेट्रोल, हवाई, इन्धन र मट्टितेलमा हुने केही नाफासमेत गणना गर्दा आगामी १५ दिनमा करिब १८ करोडमात्रै नाफा हुने भएकाले बिक्री मूल्य यथावत् रहने निगमले जनाएको छ । त्यसो त विगतमा सबै इन्धनको मूल्य घटेर आउँदा पनि निगमले मूल्य घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेका कारण विगतदेखि निगम निरन्तररूपमा नोक्सानीमा रहेका कारण आइओसी र नेपाल सरकारलाई २९ अर्ब ११ करोड तिर्न बाँकी रहेको निगमको भनाइ छ । आइओसीले हरेक महिना १५/१५ दिनमा निगमलाई नयाँ मूल्य पठाउने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?