लक्ष्मी बैंक गल्फ प्रतियोगिता हुुने

Read Time = 1 min

काठमाडौं । लक्ष्मी बैंकले खुला गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘लक्ष्मी बैंक गल्फ’ प्रतियोगिता आगामी शनिबार गोकर्ण गल्फ क्लबमा हुँदैछ । सन् २०१४ देखि हुँदै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो । स्ट्याबफोर्ड फम्र्याटमा हुने प्रतियोगितामा सयभन्दा बढी महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बैंकले जनाएको छ ।

सिनियरतर्फ ६० र त्यसमाथि तथा जुनियरतर्फ १७ र सोभन्दा मुनि उमेरका प्रतियोगी रहनेछन् । विभिन्न विधामा विजेता, रनर अप, बेस्ट ग्रस, महिला विजेता, सिनियर विजेता, सिनियर रनर अप, विनर गेस्ट क्याटगोरी, जुनियर विनर, लंगेस्ट ड्राइभलगायतमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?