११.११ का लागि कामना र दराजबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । कामना सेवा विकास बैंक र दराज केयमुबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम् १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम् २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दराजको ११.११ छुट योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?