दराज ११.११ मा डेढ दर्जन बैंकको सहकार्य

Read Time = 2 mins

काठमाडौं । विगत वर्षहरू जस्तै यस वर्ष पनि अनलाइन सपिङ फेस्टिभल ११.११ हुँदैछ । ११ लाख उत्पादनमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११.११ को पाँचौँ संस्करण यही कात्तिक २५ गते सुरु हुने घोषणा गरेको छ । दशैँ धमाका अभियानको सफलतालगायत दराजले निर्वाधरूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ । जसको पहिलो पहल भने ग्राहकलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकसँगको साझेदारी गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बैंक र प्रिपेमेन्ट छुट दराजका वर्षभरिका सबै अभियानको महत्वपूर्ण हिस्सा रहेको छ र कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुट अझ ठूलो र राम्रो हुने आश्वासन दिएको छ ।

११.११ का लागि दराजले डेबिट/क्रेडिट कार्ड प्रिपेमेन्टमार्फत् २० प्रतिशत अर्थात् अधिकतम तीन हजार रुपैयाँ छुट प्रदान गर्न नेपाल विभिन्न बैंकसँग सहकार्य गरेको छ । सहकार्यअनुसार योजना अवधिमा तीन बैंकका डेबिट कार्डमार्फत् १५ प्रतिशत अर्थात् अधिकतम् २५ सय रुपैयाँ र क्रेडिट कार्डमार्फत् २० प्रतिशत अर्थात् अधिकतम् तीन हजार रुपैयाँसम्म छुट प्राप्त हुनेछ । दराज ११.११ अभियान साझेदार बैंकमा नबिल, कुमारी, सानिमा, माछापुच्छ«े, एभरेष्ट, सनराइज, मेगा बैंक, एनएमबी, सिटिजन्स, नेपाल बैंक, एनसिसी, नेपाल एसबिआई, सेञ्चुरी, ज्योति विकास, सांग्रिला, सिद्धार्थ, हिमालयन र कामना सेवा बैंक रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?