प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा व्यस्त हुनुभएको छ ।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका देउवा बुधबार काठमाडौंबाट धनगढी पुग्नुभएको थियो। बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गर्नुभएका देउवा चुनावी सभामै व्यस्त बन्नुभएको छ ।

प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँ कात्तिक २० गते काठमाडौं फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।

डडेल्धुरामा देउवासँग कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?