बैतडी । बैतडीमा दशैँ-तिहारको अवधिमा १४५ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका अनुसार ट्राफिक नियमको उल्लंघन गर्ने साना तथा ठूला सवारीसाधन गरी १४५ सवारीसाधन कारबाहीमा परेका हुन् ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारीसाधन हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख रामसिंह भण्डारीले जानकारी दिनुभयो । ट्राफिक नियमको उल्लंघन गर्ने सवारीसाधनहरूबाट डेढ लाख बढी राजस्व संकलन गरिएको पनि उहाँले बताउनुभयो ।
दशैँ तथा तिहारको अवधिमा जिल्लामा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, हेलमेटको प्रयोग नगर्ने, ट्राफिक नियमको पालना नगरी तीव्रगतिमा सवारीसाधन चलाउनेहरूबाट १ लाख ८९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको भण्डारीले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले दशैँ तथा तिहारको समयमा जिल्लाका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका