लागू औषधसहित एक युवक पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । लमजुङ प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार तनहुँबाट लमजुङ तर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो ।

उनलाई जिल्लाको मध्यनेपाल नगरपालिका-४ दुईपिप्लेबाट पक्राउ गरिएको हो । उनको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ ।

पक्राउ परेका शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई निज उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?