वीरगन्जमा कन्टेनरले किचेर एक जना भारतीयको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका-२५ मा हिजो साँझ कन्टेनरले किचेर घाइते भएका पुरुषको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे भारतीय नागरिक ३० बर्षीय अशोक यादवलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो ।

विरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा यादबको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कन्टेनरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?