धादिङ अस्पतालमा जीवनजलको अभाव, विरामीलाई सास्ती

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । जिल्ला अस्पताल धादिङमा जीवनजलको चरम अभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा विरामीहरु समस्यामा परेका छन् । सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले धादिङ अस्पतालको फार्मेसीमा किन्छु भन्दा समेत पाएका छैन्, भने विरामीहरुरुले सास्ती खेप्दै आएका छन् ।

धादिङ अस्पतालमा जीवनजल समेत पाइन छाडेको विरामीले गुनासो गरेका छन् । औषधी नभएकोले झाडा पखाला लागेर धादिङ अस्पतालमा पुग्ने हो भने पनि विरामीले जीवनजल पनि नपाउने अवस्था छ । सामान्य मात्रै नभएर अति अतिसंवेदनशिल औषधी समेत अस्पतालमा अभाव छ । फाटफुट झाडापखालाका बिरामी स्वास्थ्य संस्थामा जादा जिङ्क चक्की त पाइन्छ । तर जिवनजलको लागि सरकारी स्वास्थ्य संस्थाले नजिकको औषधि पसलमा किन्न पठाउँछन् ।

झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा मानिने जिवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमा मै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । भाइरल ज्वरो, झाडाबान्ता र डेंगुका बिरामीको चाप बढे पनि अस्पतालमा तिहार देखि जीवनजलको अभाव कायमै रहेका अस्पतालमा कार्यरत एक कर्मचारीले बताए । हामी बिहानैदेखि स्वास्थ्य केन्द्रमा आएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौं तर उनीहरुलाई निशुल्क रुपमा दिनुपर्ने औषधी दिन सकेका छैनौं अस्पतालमा कार्यरत एक कर्मचारीले भने ।

कर्मचारीका अनुसार तिहार देखि अस्पतालमा जीवनजल अभाव भएको छ, किन्छु भन्दा समेत विरामीहरुले पाएको छैन् । हामीले माथिल्यो निकायलाई जानकारी गराई सकेका छौं । बिहिबार झाडाबान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी धादिङको नीलकण्ठ नगरपालिका-१२ का एक जना महिला जीवनजल नपाएको गुनासो गर्दै छोरालाई घर फर्काइन् । विरामी हुँदा अति आवश्यक पर्ने जीवनजल नपाउनु त्यो पनि सरकारी अस्पताल, अब कहाँ जाने ती सामान लिन, उनले भनिन् ।

स विषयमा अस्पतालका सूचना अधिकारी विक्रम विक समक्ष टेलिफोन मार्फत बुज्दा अस्पतालमा जीवनजल अभाव नभएको बरु डेंगुको किट अभाव भएको प्रतिक्रिया दिनुभयाे । अस्पतालमा कुन सामग्री अभाव भएको छ अहिले सूचना अधिकारीलाई अत्तो पत्तो छैन । अस्पतालका फार्मेसीमा कार्यरत कर्मचारीले तिहार देखि जीवनजल अभाव छ भन्छन अनि सूचना अधिकारीले अभाव छैन भन्छन ।

केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसीको भनाई छ । फार्मेसीमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निशुल्क वितरण गर्दै आएको केही औषधीहरु समेत अभाव छ । राज्यबाट ७० प्रकार भन्दा औषधी निशुल्क रुपमा उपलब्ध गराउन भनिएपनि सबै कुरा कागजमै उल्लेख रहेको विरामीहरुको गुनासो छ ।

गरिब असहाय बिरामीहरु मात्रै सरकारी अस्पतालमा आउने गरेको भएपनि उनीहरुलाई सेवा प्रदान गर्न औषधीको निकै अभावमा जेनतेन स्वास्थ्य केन्द्रमा बस्नु परेको छ । सरकारले स्वास्थ्य संस्थाको औषधि खरिद गर्नको लागि स्थानीय गाउँपालिका र नगरपालिकामा एकमुस्ट बजेट पठाएपनि निर्वाचित जन प्रतिनिधिको लापरवाहीको कारण जिल्लाका सरकारी स्वास्थ्य संस्थामा जिवनजलका साथै अत्यावश्यक औषधिहरू समेत अभाव भएको पाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?