छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-२९ अनामनगरमा प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बा रहेकी छन् । उनको बिहीबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको काठमाडौं मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी हलेसीमार्टस्थित सडकमा बाग्मती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइकल र बागमती ए एए २६८७ नम्बरको स्कुटर बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलमा सवार धादिङ गजुरी गाँउपालिका-७ घर भई हाल काठमाडौं नयाँबजार बस्ने १७ वर्षीया आयुषा सुबेदी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको कालिका नगरपालिका-७ गैडाखोलास्थित सडकमा ना. ३ च ७१७८ नम्बरको बलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४९ वर्षीय मीन बहादुर विश्वकर्माको गएराति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका बाेलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका-२५ आईसिपी गेटभित्र २ नम्बर गेटको पार्किङ एरियामा एल ०१ एडी ४७३८ नम्बरको कन्टेनरको ठक्करबाट भारत बिहार जिल्ला गोपाल गंज थाना बरैली बस्ने ३० वर्षीय अशोक यादबको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिक कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?