विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिका-७ स्थाई घर भई काठमाडौं महानगरपालिका-१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्राचार्य आफ्नै कोठमा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

भोजपुरको अरुण गाउँपालिका-७ सिक्रेटार नसुवा दोभानस्थित अरुण नदीको पश्चिम भंगालोको किनारमा हाल पहिचान नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

कास्कीको पोखरा महानगरपालिका-१ कस्केरी शान्ति टोल नजिकै सेती खोलामा सोही महानगरपालिका-१६ बस्ने ७४ वर्षीय दुर्गा बहादुर छन्त्याल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१५ माथिल्लो भिउरान बस्ने सोम बहादुर घर्तीको घरमा रुपन्देही सिक्टन गाउँपालिका-६ घर भएका ४४ वर्षीय यम बहादुर ढुंगाना क्षेत्री बिहीबार राति मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?