आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : अध्यक्ष दाहाल

हिमालय टाइम्स
Read Time = 2 mins

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताउनुभएको छ ।

गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताउनुभयो । “मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्छ ।”

आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उहाँले अपिल गर्नुभयो । “अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य छैन”, उहाँले भन्नुभयो, “गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन हो ।” संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको अध्यक्ष दाहालको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?