वित्तिय संस्थाहरुले दोब्बर ब्याजदर वृद्धि गरेर आतंकित बनाएको भन्दै उद्योगीले तताए सडक (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

काठमाडौं । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरु मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनु परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो ।

उहाँले स्वदेशी उद्योगी, व्यवसायीहरुलाई मारमा पार्ने काम बैंक तथा वित्तिय संस्थाहरुले गरेकाले मुलुकको अनधिकृत व्यापार फष्टयाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । व्यवसायीहरुले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन् ।

उपाध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘एक अंकले बढि नहुने गरी व्याजदर कायम गर्न सरकारसँग माग गर्दछौं । त्यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्न नीतिगत व्यवस्था पनि तत्कालका लागि खारेज गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुको गम्भिर ध्यानाकर्षण गराउँदछौं । ६ महिना नपुग्दै बैंक तथा वित्तिय संस्थाहरुले दोब्बर ब्याजदर वृद्धि गरी आफूहरुलाई आतंकित बनाएकोमा हामी आजित छौं ।’

विरोध प्रर्दशनमा महासंघ अन्तरगतका सबै उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए । उनीहरुले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढि ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरु पनि प्रर्दशन गरेका थिए ।

महासंघले ब्याजदर घटाउनेलगायतमा माग राखि अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।

udhogi 8

udhogi 99

 

udhogi aandolit 1

udhogi 4 udhogi 5

udhogi 4

udhogi 3

udhogi 2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?