काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इजरायल प्रधानमन्त्रीमा पुनः निर्वाचित भएमा बेन्जामिन नेतान्याहुलाईे बधाई दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले नेतान्याहूलाई बधाई दिनुभएको हो ।
बधाई सन्देशमा प्रधानमन्त्री देउवाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत हुने आशा व्यक्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेतान्याहू पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो ।
कुल १२० सिट रहेको इजरायली संसद्मा नेतान्याहूको पार्टीले ३२ सिट‚ एस अतिद पार्टीले १८ सिट र रिलिजियस जियोनिस्ट पार्टीले १४ सिट प्राप्त गरे । उक्त पार्टीबीचको गठबन्धनबाट नेतान्याहू प्रधानमन्त्रीमा चयन हुनुभएको हो ।
I congratulate @netanyahu for your electoral victory. Look foward to working together to further strengthen Nepal-Israel bilateral relations and cooperation.
— Sher Bahadur Deuba (@SherBDeuba) November 4, 2022
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका