निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

२५ कार्तिकमा साधारण तारेख

फाइल तस्वीर

Read Time = 3 mins

काठमाडौं । छोरा र आरोपित शिव श्रेष्ठको डिएनए मिलेपछि निहारिका राजपुत पत्रकार सम्मेलन गर्न बालुवाटार गेटमा पुगेकी छन् ।

बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्न भन्दै उनी त्यहाँ पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उच्च अदालत जनकपुरमा विचाराधीन रहेको निहारिका राजपुत प्रकरणमा गरिएको डिएनए परीक्षणको नतिजा आज प्राप्त भएको छ ।
उच्च अदालत जनकपुरकी प्रवक्ता नुतन झाले हिमालय टाइम्सलाई दिनु भएको जानकारी अनुसार राजपुतका छोरा र प्रतिवादी शिव श्रेष्ठको डिएनए ‘म्याच’ भएको पत्र प्राप्त भएको छ ।

उहाँका अनुसार उच्च अदालत जनकपुरले दुवै पक्षलाई आगामी कार्तिक २५ गते साधारण तारेख दिइसकिएको र सोही दिन दुवैपक्ष आएपछि सुनुवाईका लागि अर्को पेशी दिने काम हुनेछ ।

उच्च अदालत जनकपुरले निहारिकाको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र बलात्कार आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि आफूमाथि अन्याय भएको भन्दै निहारिका पछिल्लो समय पटकपटक काठमाडौंमा अनशन बसेकी थिइन् ।

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?