लमजुङमा देव गुरुङ भर्सेस पृथ्वीसुब्बा, कसले मार्ला बाजी ?

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लमजुङमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा हुनु हुन्छ

२०७४ सालमा लमजुङ प्रदेशसभा ‘ख’बाट लड्नुभएका पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुनु हो । उहाँ फेरि प्रदेशमै लड्न चाहानु हुन्थ्यो । तर, पार्टी भित्रको निर्णयमा उहाँ प्रतिनिधिसभाको निर्वाचनमा होमिनु पर्ने भयो ।

२०४८ सालयता देव चौथोपटक संसदीय चुनाव लड्न लाग्नुभएको हो । २०४८ सालमा उहाँ संयुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार हुनु हुन्थ्यो । २०६४ सालको चुनावमा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जित्नुभएको थियो । उहाँले त्यतिबेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । त्यसपछि देव २०७४ सालमा एमाले माओवादी वाम गठबन्धनबाट लमजुङबाट प्रतिनिधिसभा सदस्य विजयी हुनु भयो। अघिल्लोपटक देव गठबन्धनबाट संघमा लड्दा प्रदेश सभा लडेका पृथ्वीसुब्बा यसपटक उहाँसँगै प्रतिस्पर्धामा हुनु हुन्छ । राष्ट्रवादी छवी बनाउनु भएको देवको पछिल्ला केही अभिव्यक्तिले आलोचित हुनुहुन्छ । नागरिकता, एमसीसीलगायतका विषयमा उहाँ आलोचित बन्नुभएको हो ।

पृथ्वीसुब्बा सातौँपटक संसदीय चुनाव लड्न लाग्नुभएको छ । यसअघि ६ पटक चुनाव लड्दा उहाँले दुईपटक मात्र जित्नुभएको थिाये । २०४८, २०५१, २०५६ सालको चुनाव हारुनुभएका पृथ्वीसुब्बा २०६४ सालमा पहिलो संविधानसभा सदस्य चुनावमा विजयी हुनु भएको थियो । २०७० सालको संविधानसभा सदस्य चुनावमा भने पराजित हुनुभयो । २०७४ सालको चुनावमा प्रदेश सांसद विजयी भएर उहाँ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्नुभएको थियो । अहिले गठबन्धनको साथ पाएका देव र एमालेबाट उम्मेदवार बन्नुभएका पृथ्वीसुब्बाबीच कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?