निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार बन्छ : सञ्चारमन्त्री कार्की

Read Time = 3 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार कार्कीले आफू २०७४ सालमा निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर ४ को चौतर्फी विकास निर्माण कार्यले गति लिएको बताउनु भयो ।

मतदाताका हरेक आशा, भरोसा र अपेक्षाको समाधान गर्न आफू सधैँ प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । आफू प्रतिस्पर्धा गर्न नभई विकास गर्न सुनसरी क्षेत्र नम्बर ४ मा आएको हुँदा कोरोना महामारीका बाबजुद तीन वर्षमा आफ्नो पहल र प्रयासमा भएका विकास निर्माणकार्यका कारण आफ्नो जीत सुनिश्चित भएको मन्त्री कार्कीले बताउनु भयो ।

जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास तथा समृद्धि चाहेका कारण आफ्नो जितका लागि लोकतान्त्रिक वाम गठवन्धनले मात्र नभई सम्पूर्ण क्षेत्र लागिपरेको उहाँले बताउनु भयो। आफ्नो जितले हरेक वर्ग, जातजाति, समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उहाँले यस क्षेत्रका बेरोजगार युवालाई रोजगारको सिर्जना गर्ने बताउनु भयो ।

उहाँले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि कांग्रेस नेतृत्वको सरकारले बनाउने उनको भनाइ छ । नेपाली कांग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले जनाएको उहाँले बताउनु भयो । हाल ६८ वर्ष भएपछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराइने मन्त्री कार्कीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?