घर आगलागी हुँदा लाखौंको धनमाल नष्ट

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका अन्तर्गत वडा नम्बर-३ हेप्कोटको एक घरमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
वडा नम्बर-३ मा बसोबास गर्दैन आउनुभएका स्थानीय पदमबहादुर शाही (धामी) को घरमा आगलागी हुँदा धनमाल नष्ट भएको हो ।
घरमा आगलागी हुँदा नगद २६ हजार रुपैयाँ, आधा तोला सुन र चाँदीका बाला घरमा रहेको लत्ताकपडा सहित अन्य सामाग्री जलेर नष्ट भएको पीडित शाहीले बताउनुभयो ।

दिउँसो घरमा कोहि नहुँदा एक्कासी घरमा आगलागी भयो छोरालाई काठमाडौं पठाउनका लागि ऋण लिएर जम्मा गरेको पैसा राखेको थिएँ । त्यहीँ पैसा समेत जलेर नष्ट भयो । ’उहाँले भन्नुभयो ।’ पीडित शाहीका अनुुसार आगलागीबाट घरमा रहेको १ क्विन्टल मकै, काठका सामाग्री, घर छाउन प्रयोग गरिएका (पत्थर ) सहित घरको माथिल्लो भाग पूर्णरुपले क्षति भएको जानकारी दिनुभयो ।

घरमा रहेको धनमाल मात्रै करीब ३ देखि ४ लाख बराबरसम्मको क्षति भएकाले अस्थायी प्रहरी चौकी मुम्राको टोली घटनास्थल पुुगेर स्थलगत मुचुल्का तयार गरि लगिएको उहाँले बताउनुभयो । कार्तिकको महिना एकातिर कामको चटारो छ घर जलेर नष्ट भयो यस्तो समयमा कता गएर बस्ने आफूलाई समस्या भएको बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?