प्रधानसेनापतिद्वारा तीन जर्नेललाई दज्यार्नी चिह्न प्रदान

Read Time = 1 min
A A- A+

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा हुनुभएका सीताराम खड्कालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा हुनुभएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उहाँहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । सैनिक मुख्यालयले उपरथी थापालाई सुदुरपश्चिम पृतनापति र उपरथी तामाङ्गलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी एिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?