अछाम निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

Read Time = 2 mins

अछाम । अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गर्नुभएको हो ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहनुभएका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताउनु भयो । उहाँले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताउनु भयो । उहाँले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गर्नुभयो ।

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उहाँले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताउनु भयो । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताउनु भयो ।

परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उहाँले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्नेसमेत विश्वास व्यक्त गर्नुभएको थियो । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार देवबहादुर कुँवर, प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, स्वत्रन्त्र उम्मेदवार राधिका भुजेल, नेकपा एमाले अनुसाशन आयोगका केन्द्रीय सदस्य हर्कबहादुर कुँवर गोविन्द, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?