श्रीमतीको हत्या गरी मानसिक रोगी रोकाले गरे झुण्डिएर आत्महत्या

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका १३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताउनुभयो।

मानसिक रोगी रहेका नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यसपछि उनीहरु नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा झुण्डिएर आत्महत्या गरेको गौतमले बताउनुभयो ।

मृतकका दुई छोरा र एक छोरी छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको डिएसपी गौतमले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?