काठमाडौं । १५ वर्षमुनि (यु-१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बंगलादेशको ढाकामा भएको खेलमा भूटानलाई ७-० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल गर्यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्योे ।
नेपालको जितमा वर्षा ओलीले चार गोल गर्नुभयो भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गर्नुभयो । वर्षाले खेल सुरुवाती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खाल्नुभयो । त्यस्तै उहाँले खेलको १७औं मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औं मिनेटमा हृयाट्रिक पूरा गर्नुभयो । त्यसैगरी उहाँले खेलको ३५औं मिनेटमा थप एक गोल गर्नुभयो ।
नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औं मिनेटमा गोल गर्नुभयो भने उहाँले खेलको ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औं मिनेटमा एक गोल गर्दै नेपाललाई ७-० गोलको जित दिलाउनुभयो ।
यसअघि भएको उद्घाटन खेलमा बंगलादेशले भूटानलाई ८-० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा बंगलादेशसँगै नेपाल र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफनो दोस्रो खेल यही कात्तिक १८ गते बंगलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका