सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा : बौद्ध दर्शनको आधारभूत ज्ञान

तस्बिर : सामाजिक सञ्जाल

हिमालय टाइम्स
Read Time = 15 mins

-बसन्त महर्जन   

काठमाडौं । हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ?

कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका ऋषि कुनै अर्कै धर्मका हुन् र आफ्नो धर्म मन नपरेर बुद्धको शरणमा आएका हुन्। गौतम बुद्धको महिमा मण्डन र अन्य धर्मको मानमर्दन गर्नका लागि यो चित्रकलाको सिर्जना गरेको भन्ने पनि कसैकसैलाई लाग्छ सक्छ। बौद्ध धर्म दर्शनको आधारभूत ज्ञानसँग सम्बन्धित यो चित्रकलालाई नबुझी बौद्ध परम्पराको ज्ञान सागरमा प्रवेश पाउन प्रायः मुस्किल नै हुन्छ। कसैलाई यी कुराहरू कपोलकल्पित तथा मनगढन्ते पनि लाग्न सक्छन् तर बौद्धहरू यसलाई आधारभूत ज्ञानका रूपमा लिन्छन्।

सर्वप्रथम चित्रकलामा चित्रित बुद्ध लुम्बिनीमा इ.पू. ५६३ मा जन्मेका गौतम बुद्ध होइनन्। बुद्ध भनेर बौद्ध धर्मावलम्बीहरू गौतम बुद्धलाई मात्रै स्वीकार गर्दैनन्। जसले बोधि (ज्ञान) लाभ गर्यो उनलाई मात्र बुद्ध भनिने हो। यसरी बोधि लाभ गर्ने सत्व ९प्राणी० हजारौं लाखौं भइसकेका हुनसक्छन्, जसको गणना गरेर साध्य छैन।

स्वयं गौतम बुद्धले आफूभन्दा अगाडि बोधिलाभ गरेर बुद्ध बनेका २७ जनाको विवरण दिएका छन्। ती विवरण त्रिपिटकअन्तर्गत ‘बुद्धवंश’ नामको ग्रन्थ तथा जातक लगायतका अन्य ग्रन्थहरूमा छरिएर रहेका छन्। त्यसअनुसार उनको नाम २८ औं क्रममा पर्दछ।

तण्हंकर बुद्ध, मेधंकर बुद्ध र शरणंकर बुद्ध गरी तीन बुद्धपछि दिपंकर बुद्ध अस्तित्वमा आएको उल्लेख छ। उनै दिपंकर बुद्ध विभिन्न ठाउँको भ्रमण गर्दै हिँड्ने क्रममा एक समय एउटा गाउँमा आएका थिए। त्यो बेला ती बुद्धको स्वागत गर्न गाउँमा सबैले केही न केही जिम्मा लिएका थिए।

बुद्ध हुन्छु भनेर संकल्प गर्नेहरू अनेक कुरामा योग्य हुनुपर्दछ। दिपंकर बुद्ध समक्ष बुद्ध हुन्छु भनेर प्रणिधान गर्ने सुमेध साधारण मानिस थिएनन्। उनको साधना त्यही बेला यति उच्च भइसकेको थियो कि, चाहेको भए त्यही बेला जन्म र मृत्युको भवसागरबाट मुक्ति पाउने हैसियत उनमा थियो। यसलाई शास्त्रीय भाषामा भन्नु पर्दा अर्हत् हुने अवस्थालाई स्थगन गरी बोधिसत्व मार्गमा लागेका हुन्।

बुद्धको आगमन हुने कुराले सुमेध नामका एक तपस्वी ऋषि पनि निकै खुसी भएर आफूले पनि स्वागतमा केही जिम्मा लिने मनसायले गाउँलेहरूसँग अनुरोध गरे। बाटो हिलो थियो र उनले त्यही बाटो सफा गर्ने जिम्मा पाए। बाटो सफा गर्ने काम हुँदै थियो तर थोरै मात्र बाँकी रहेको बेला बुद्धको आगमन भइहाल्यो। बुद्ध हिँड्ने बाटोमा ती ऋषि लम्पसार परिदिए। बुद्धले आफूसँग आएका भिक्षुहरूलाई अन्तबाट हिँड्न भनेर आफू भने सुमेधलाई नै टेकेर हिँडे। बुद्धको पाउ आफ्नो शरीरमा परेको बेला ती ऋषिले मनमनै आफू पनि साक्षात् बुद्ध बन्ने संकल्प गरे। बुद्धको धर्म उपदेश सुनेपछि ऋषि बुद्ध समक्ष गएर भविष्यमा बुद्ध हुने संकल्प गरेको र त्यसका लागि आज्ञा पाउँ भन्ने निवेदन गरे। बुद्धले पनि तिमी भविष्यमा बुद्ध हुन्छौ भनेर भविष्यवाणी गरे।

दिपंकर बुद्ध समक्ष आफू पनि बुद्ध हुन्छु भनेर प्रणिधान ९संकल्प० गर्ने सुमेध ऋषि अरु नभएर पूर्व जन्मका गौतम बुद्ध हुन्। कसैलाई फेरि यो पनि लाग्न सक्छ, बुद्धत्व प्राप्त गर्नुभन्दा ठिक्क अगाडिको जन्म होला। त्यस्तो होइन। यो सूदूर पूर्वको कुरा हो। दुई बुद्ध बीचको समय अन्तर नै हजारौं वर्षको हुन्छ। बौद्ध साहित्य अनुसार दिपंकर बुद्धदेखि गौतम बुद्धसम्मको समयबीच चार असंख्य कल्प वर्ष हुन्छ।

एक अंकमा साठी वटा शून्य राखेपछि जति वर्ष हुन्छ, त्यसलाई एक कल्प भनिन्छ। चार असंख्य कल्पभन्दा बढी समयअघिको कुरा हो। यो भनेको आजभोलि हामी बाँचिरहेको पृथ्वीमा भएको घटना नै होइन। यो बीचमा यस्तो पृथ्वीको उपत्ति धेरै पल्ट भयो र विनाश पनि।

भविष्यमा बुद्ध हुन्छु भनेर प्रणिधान (संकल्प) गर्नुलाई बौद्ध साहित्यमा ‘बोधि प्रणिधान चित्त’ भनिएको छ भने त्यो बेलाको बुद्धले तिमी भविष्यमा बुद्ध हुन्छौ भनेर व्याकरण (भविष्यवाणी) गरेपछि त्यसैलाई ‘बोधि प्रस्थान चित्त’ भनिन्छ। बोधि प्रस्थान चित्त लिएर बाँच्नेलाई नै बोधिसत्व भनिने हो।

सामान्यतः बोधिसत्व भनेर भविष्यमा बोधि लाभ गरी स्वयं बुद्ध हुनका लागि साधना गर्दै गरेको सत्व (प्राणी) भनेर बुझिन्छ। यस्तो साधनालाई बोधिचर्या भनिन्छ। भनिन्छ, बोधिप्रणिधान जुनसुकै बेला आफूखुसी गर्न सकिन्न। यसका लागि त्यो बेला बुद्ध हुनुपर्दछ र बुद्धकै समक्ष याचना गरेको हुनु पर्दछ। बुद्ध शासन हुने तर बुद्धले महापरिनिर्वाण गरिसकेको अवस्थामा यो संभव हुँदैन। अर्थात् हिजोआज बुद्ध शासन भए पनि बुद्धको महापरिनिर्वाण भइसकेकाले बुद्धको उपस्थिति छैन। यस अवस्थामा कसैलाई बुद्ध हुने मन भए त्यसका लागि अनेकौं जन्म बिताएर आफूलाई तयार पार्ने र बुद्धको आगमनसम्म पर्खने धैर्य हुनु पर्दछ।

महायान बौद्ध धर्म-दर्शनको अभ्यास गर्न थोरै मैत्री भाव र थोरै करुणाले पुग्दैन। थोरै साधनाले पनि यो संभव हुन्न। सारा प्राणीप्रति असीम करुणा राखी निश्चित अभ्यास गर्नुपर्ने हुन्छ। यो अभ्यासलाई शास्त्रीय भाषामा पारमी पूरा गर्ने भनिन्छ। यस क्रममा बारम्बार जन्म लिएर अरुको भलाइमा काम गर्दै रहने तथा आफ्नो साधना पनि गर्दै रहने हो। अरुको भलाइमा जस्तोसुकै आपतविपद् आए पनि त्यसबाट विचलित हुनु हुँदैन।

बुद्ध हुन्छु भनेर संकल्प गर्नेहरू अनेक कुरामा योग्य हुनुपर्दछ। दिपंकर बुद्ध समक्ष बुद्ध हुन्छु भनेर प्रणिधान गर्ने सुमेध साधारण मानिस थिएनन्। उनको साधना त्यही बेला यति उच्च भइसकेको थियो कि, चाहेको भए त्यही बेला जन्म र मृत्युको भवसागरबाट मुक्ति पाउने हैसियत उनमा थियो। यसलाई शास्त्रीय भाषामा भन्नु पर्दा अर्हत् हुने अवस्थालाई स्थगन गरी बोधिसत्व मार्गमा लागेका हुन्। यसलाई अझ सरल भाषामा भन्नु पर्दा अर्हत् मात्रै हुने लक्ष्य राखेर साधना गर्नेहरू श्रावकयानी हुन् भने त्यो लक्ष्यमा पुग्नै लाग्दा त्यसलाई स्थगन गरी बोधिसत्व भएर बोधिचर्या गर्दै अन्तमा बुद्ध नै हुने लक्ष्य राखी हिँड्नेलाई बोधिसत्वयानी भनिन्छ। यसको अर्को नाम महायानी हो।

महायान बौद्ध धर्म-दर्शनको अभ्यास गर्न थोरै मैत्री भाव र थोरै करुणाले पुग्दैन। थोरै साधनाले पनि यो संभव हुन्न। सारा प्राणीप्रति असीम करुणा राखी निश्चित अभ्यास गर्नुपर्ने हुन्छ। यो अभ्यासलाई शास्त्रीय भाषामा पारमी पूरा गर्ने भनिन्छ। यस क्रममा बारम्बार जन्म लिएर अरुको भलाइमा काम गर्दै रहने तथा आफ्नो साधना पनि गर्दै रहने हो। अरुको भलाइमा जस्तोसुकै आपतविपद् आए पनि त्यसबाट विचलित हुनु हुँदैन। आफ्नो ज्यान नै खतरामा परे वा ज्यान नै गए पनि खुसी हुँदै अरुकोे भलाइमा काम गर्ने हो। बोधिचर्या गरिरहने बोधिसत्वहरू एकै समयमा पनि अनेकौं हुन्छन्। ऋषि सुमेधलाई बोधिचर्यामा के के गर्नु पर्दछ भनेर सिकाउने काम कल्याणमित्रका रूपमा रहेका अन्य बोधिसत्वहरूबाट भएको भन्ने विवरण महायानी बौद्ध साहित्यमा पाइन्छ।

बोधिचर्याका क्रममा गौतम बुद्धले अनेकौं जन्म लिए। भलाइको काम राजा भएर गर्दा सजिलो हुने भएका कारण कैयौं पल्ट राजा भएर जन्मिए। कैयौं पल्ट व्यापारी। यसरी नै देवता भएर पनि जन्मिए र कैयौं पल्ट हात्ती, बाँदर जस्ता जनावरहरूको योनिमा पनि जन्मिए। कुनै बेला महिला भएर जन्मिए त कुनै बेला पुरुष भएर।

यी पूर्व जन्मका क्रममा दिपंकर बुद्धपछिका अन्य २३ जनाले बेग्ला बेग्लै बुद्धहरूको दर्शन पाएका थिए। यसरी साधना गर्ने क्रममा सम्पूर्ण पारमी पूरा गरेपछि सम्यक सम्बुद्ध हुन उनीहरू योग्य हुन्छन्। यो हैसियतका बोधिसत्वहरूको निवास ‘तुषित लोक’ हो। तुषित लोकमा हुँदा गौतम बुद्धको नाम श्वेतकेतु बोधिसत्व थियो। त्यही बेला अर्का बोधिसत्व थिए, मैत्रेय। मैत्रेय बोधिसत्वभन्दा अगाडि पृथ्वीमा जन्म लिन आई बोधि लाभ गरी बुद्ध बनेका थिए, गौतम बुद्ध।

उनले महापरिनिर्वाण लाभ गरे पनि उनको प्रभाव वा शिक्षा कायम नै रहेका कारण हिजोआजसम्म बुद्ध शासन कायम नै रहेको मानिन्छ। विभिन्न कारणले बुद्ध शासन क्षीण हुन्छ र अन्तमा बुद्ध शासनको अन्त्य नै हुन्छ। यस्तो बेला उपयुक्त समय हेरी तुषित लोकमा रहेका अर्थात् सम्पूर्ण पारमी पूरा गरेका अर्का बोधिसत्वले यहाँ जन्म लिन आउने हुन्छ। यही भएर मैत्रेय बोधिसत्वलाई भविष्यको बुद्ध भनिएको हो।

सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा तथा अन्य विषयहरू कसैका लागि कल्पनातीत कुरा हुन्छन् भने भौतिकवादीहरूका लागि त हावादारी नै हुन पुग्छन्। भौतिकवादीहरूले यही एउटा जन्मलाई मात्र मान्दछन्, पूर्वजन्म तथा पुनर्जन्मलाई अन्धविश्वास ठान्छन्। पूर्वकालमा यस्तो विचार राख्ने सम्प्रदायका दर्शनहरूलाई लोकायत दर्शन भनिन्थ्यो। लोकायत दर्शनलाई स्वयं बुद्धले मिथ्यादृष्टि भनेका छन्। पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, नर्क तथा अन्य कुराहरूको पनि अस्तित्व मान्ने धर्मदर्शन बौद्धबाहेक अरुहरू पनि थुप्रै छन्। यी सम्प्रदायहरूमा पनि विभिन्न दृष्टिकोण राख्ने गर्छन्।

बुद्धहरूले राख्ने दृष्टिकोण बेग्लै भएका कारण बौद्ध धर्म–दर्शन भनेर बेग्लै साधना पद्धति भएको हो। बौद्धहरू कुनै पनि कुरालाई नित्य मान्दैनन्, सबै कुरा परिवर्तनशील र कार्यकारणले यहाँ भौतिक तथा अभौतिक वस्तुहरूको उत्पत्ति र विनाश भइरहेको मान्छन्। सृष्टि वा उत्पत्तिका लागि कुनै परमसत्ताको हात नभएको मान्यताका कारण यो दर्शनले ईश्वरको सत्तालाई स्वीकार गर्दैन।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?