कार्बन घटाउन जिडिपीको १.४ प्रतिशत लगानी गर्नुपर्ने

Read Time = 3 mins

काठमाडौं । विश्व बैंकले विकासोन्मुख मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लगि वार्षिकरूपमा कुल गार्हथ्य उत्पादन (जिडिपी) को १.४ प्रतिशत लगानी गर्नुपर्ने जनाएको छ । विश्वभरमा उत्सर्जन हुने कुल हरितगृह ग्याँसमध्ये ३४ प्रतिशत हिस्सा उत्पादन गर्ने २४ मुलुकको अध्ययन गर्दै बैंकले ती मुलुकले कार्बन उत्सर्जन नियन्त्रण गर्न सन् २०२२ देखि २०३० सम्ममा कुल जिडिपीको १.४ प्रतिशत लगानी गर्नुपर्ने औंल्याएको हो ।

सन् २०५० सम्ममा हरितगृह ग्याँस तथा कार्बन उत्सर्जन ७० प्रतिशतले नियन्त्रणमा आउने बैंकले जनाएको छ । बैंकले देशीय जलवायु र विकास प्रतिवेदन सार्वजनिक गर्दै विकासोन्मुख मुलुकहरूले कम कार्बन उत्सर्जन गर्ने भए पनि जलवायु परिवर्तनको चपेटामा रहेको उल्लेख गरेको छ ।

त्यसैगरी विश्व बैंकले निम्न आय भएका मुलुकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जिडिपीको आठ प्रतिशत, निम्न मध्यम आय भएकाले जिडिपीको ५.१ प्रतिशत र उच्च आय भएकाले कुल जिडिपीको १.१ प्रतिशत लगानी गर्नुपर्ने जनाएको छ ।

उच्च आय भएकाले कार्बन उत्सर्जनरहित विकास गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने र प्रभावित मुलुकलाई सहयोग वृद्धि गर्नुपर्ने विश्व बैंकले उल्लेख गरेको छ । उक्त रकम लगानी गर्दा जलवायु परिवर्तन न्यूनीकरणका साथै आर्थिक वृद्धि र गरिबी न्यूनीकरणजस्ता सकारात्मक सुधार आउने प्रतिवेदनमा उल्लेख छ । विश्व बैंक ग्रुपका उपाध्यक्ष डेबिड माल्पासले जलवायु परिवर्तनको असर न्यूनीकरण र विकास सँगसँगै अघि बढ्नुपर्ने र जलवायु परिवर्तन नियन्त्रणका लागि विश्वव्यापीरूपमा वित्तीय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?