बहुमूल्य वस्तु व्यवस्थापनबारे छलफल

Read Time = 1 min

काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिबीच बहुमूल्य वस्तुको कारोबार र त्यसको व्यवस्थापनका विषयमा छलफल भएको छ ।

विभागको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलका क्रममा सुनचाँदी जस्ता बहुमूल्य वस्तुको कारोबार गर्दा व्यवसायीले अपनाउनुपर्ने प्रावधानबारेमा जानकारी गराइएको थियो । सोही क्रममा अवैध सम्पत्ति शुद्धीकरण र त्यसबाट पर्ने प्रभावबारेमा समेत व्यवसायीलाई जानकारी गराइएको थियो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको महासंघको प्रतिनिधिमण्डलसँग भएको छलफलमा विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, निर्देशकद्वय मित्रलाल अधिकारी र हरि बस्याल, महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?