देशैभर ‘यार्सा ल्याब्स स्टार्टअप फेस्ट २०२२’

Read Time = 2 mins

काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प’ शुक्रबारदेखि सुरू भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा भएको कार्यक्रममा स्टार्टअप र इन्नोभेसन सम्बन्धी सयभन्दा बढी स्टल रहेका आयोजकले जनाएको छ ।

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनेसको प्रि-इभेन्ट क्याम्पियनका रूपमा काठमाडौंको थापागाउँस्थित वानेश्वर बैंक्वेटमा स्टार्टअप एण्ड आइडिया फेस्ट सुरू भएको हो । द स्क्वाड अफ चेन्ज मेकरले सोही स्थानमा रकेट प्रदर्शनी तथा स्टिम ल्याम्प पनि आयोजना गरेको छ । कार्यक्रमको पहिलो दिन आठ हजार बढीले अवलोकन गरेको बताइएको छ ।

ड्रोनबाट पुष्पवृष्टि गर्दै फेस्ट उद्घाटन गरिएको थियो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, पूर्व-मन्त्री गणेश शाह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेललगायतको उपस्थिति रहेको थियो । पूर्व-मन्त्री साहले राजनीतिले गर्न नसकेको क्रान्ति सूचना प्रविधि क्रान्तिले गर्ने भन्दै स्टार्टअप प्रवद्र्धनका यस्ता कार्यक्रम देशका एक सय ६५ वटै निर्वाचनमा गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । शनिबारसम्म चल्ने फेस्टमा सातै प्रदेशबाट छनोट भएका स्टार्टअप र आइडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित सयभन्दा बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?