काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरूको विकासका लागि सञ्जाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।
शुक्रबार बैंककमा सम्पन्न साधारणसभाले उहाँलाई तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकजकुमार बंसल निर्वाचित हुनुभएको छ । बंसलसहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विशेष आमन्त्रितका रूपमा निर्वाचित हुनुभएको छ ।
सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रका लागि विशेषरूपमा सञ्चालित नेडाकले विशेषगरी कृषि क्षेत्रमा काम गर्दै आएको छ । बैंककमा सचिवालय रहेको नेडाक नौ एसियन राष्ट्रका १६ संस्थाको सञ्जालबाट सुरु भएकोमा हाल यसमा २४ सदस्य संस्था आबद्ध छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका