सिटीकी भाग्यशाली गुरुङलाई एक तोला सुन

Read Time = 1 min

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको विदेशबाट सिटी आयो, दशैँ-तिहारलाई गोल्डेन बनायो योजनाअन्तर्गत दोस्रोे महिनाको एक तोला सुन विजेता नुना गुरुङ बन्नुभएको छ । युकेबाट रेमिट्यान्स पठाउने गुरुङले एक तोला सुन जित्नुभएको हो ।

सोही योजनाअन्तर्गत असोज १२ देखि कात्तिक १५ गतेसम्म दोस्रो चरणका अन्य पाँचजनाले साप्ताहिक उपहार १०÷१० तोला चाँदी जित्न सफल भएका छन् ।

साउदीबाट अजय तामाङ, कोरियाबाट रविन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशीला तामाङ र कुवेतबाट रेमिट्यान्स पठाउने हसन मोहम्मदसमेत गरी पाँचजना १०÷१० तोला चाँदी जित्न सफल हुनुभएको छ । कम्पनीले नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने योजना घोषणा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?