रेड्मीका नयाँ स्मार्टफोन नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । शाओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्तालाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए १ र रेड्मी ए १ ले द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्ने कम्पनीको दाबी छ ।

सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरका स्मार्टफोन उपलब्ध गराउने लक्ष्य राखेको शाओमीले स्मार्टफोनका नयाँ प्रयोगकर्ताका लागि नयाँ रेड्मी सिरिज लन्च गरेको छ । नयाँ स्मार्टफोन सेटलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री जीवन र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गरेको छ ।’

रेड्मी ए १ र रेड्मी ए १ मा रहेको आठ एमपी डुअल एआई क्यामेरा र पाँच एमपी फ्रन्ट क्यामेरा सेटअपले प्रयोगकर्तालाई यादगार पल सहजरूपमा क्याप्चर गर्न मद्दत गर्ने कम्पनीको दाबी छ । रेड्मी ए १ दुई प्लस ३२ जिबीको ११ हजार नौ सय ९९, रेड्मी ए १ दुई प्लस ३२ जिबी र तीन प्लस ३२ जिबीको मूल्य क्रमशः १२ हजार चार सय ९९ र १३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?