म्याग्दीमा पृथ्वीनारायण शाहको तस्बिर बोकेर मत माग्दै राप्रपा

हिमालय टाइम्स
Read Time = 3 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीमा पृथ्वीनारायण शाहको तस्बिर बोकेर ग्रामीण क्षेत्रमा चुनावी अभियानमा होमिएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ग्रेटर नेपाल बनाउने पृथ्वीनारायण शाहको योगदान र देशको अहिलेको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा तस्बिरसहित उपस्थित भएको छ ।

राप्रपाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगत्प्रसाद गौचनले नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदान र बाइसे-चौबीसे राज्यलाई मिसाएर नेपाल बनाउन खेलेको भूमिकाका बारेमा नयाँ पुस्तालाई जानकारी दिनसमेत तस्बिर लिएरै चुनावी अभियान सुरु गरेको बताउनुभयो । पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकाको चुनावी अभियानमा व्यस्त राप्रपाले सन् १८६० को सुगौली सन्धिका हस्ताक्षरकर्ताहरूले नेपालको अस्तित्व निल्न खोजेको आरोप गौचनको छ ।

‘नेपाल बनाउने र मास्नेहरूलाई मतदाताले चिन्न जरुरी छ, फर्केर हेर्दा ठूला दलहरूको मिलेमतोमा छिमेकीले नेपाली भूभाग नै मिचेको छ,’ उम्मेदवार गौचनले भन्नुभयोे । उहाँले ग्रेटर नेपालको ठूलो हिस्सा छिमेकी भारतले गाभेको र कालापानी, सुस्तालगायतका भूभागमा रजाइँ गरेकाले अब देशको रक्षाका लागि राप्रपालाई मतदान गर्न अपिल गरेको बताउनुभयो । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितको मुलुक बनाएर दिगो विकास र स्थायित्वका लागि राप्रपाको जितको विकल्प नरहेको दाबीसमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?