दुर्गमका नेता आश्वासन बाड्छन्, विकास गर्दैनन्

मतदाताको खेतबारिमा भोट माग्न पुगेका नेताहरु विभिन्न आश्वासन बाड्दै । तस्बिरः मानहादुर बिश्वकर्मा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

बाजुरा । मंसिर ४ गते हुँने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा दुर्गमका जिल्लामा मतदाता त्यती उत्साहित देखिएका छैनन् । राजनीतिक दलहरुले यतीबेला सर्वसाधारण नागरिकलाई विभिन्न आश्वासन बाडेर योजना दिने नाउँमा भोट माग्दै हिडिरहेका छन् ।

सधैं झैँ यो पालिको चुनावमा पनि मतदाताको घरदैलोमा तिनै पूराना नेताको अनुहार देखिन्छ । गाउँमा विकास निर्माणका योजना दिने, रोजगारी दिने भन्दै पहिले जस्तै यो चुनावमा पनि विभिन्न आश्वासन दिदै नेताहरु घरदैलोमा पुगिरहेका छन् ।

यतीबेला बाजुराका दुर्गम गाउँमा यहाँका राजनीतिक दलका नेता कार्यकर्ता उहीँ पुरानै एजेण्डा र झुट्टा आश्वासन लिएर आउने गरेका छन् । चुनाव जितेपछि कहिले मुख नदेखाउने नेताहरु अहिले भने नानाथरीको विकास गर्छु भनेर लोभ देखाइरहेको बाजुराको बुढीनन्दा नगरपालिका वडा नं.-१ का रंगमल बिकले बताउनुभयो ।

‘उहाँले भन्नुभयो, चुनावको बेला नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी भोट माग्दा गाउँको विकास गर्छु, हलिया समुदायको खाद्य सुरक्षाको ग्यारेन्टि गर्छु भनेर भन्छन्, तर चुनाव जितेर गइसकेपछि अबस्था उस्तै रहेको उहाँले गुनासो गर्नुभयो । अहिले पनि त्यहि आश्वासन दिएर भोट मागि रहेका छन् । बाजुराकै हिमाली गाँउपालिका-६ पाडिमा कांग्रेसले चुनावी प्रचारमा गाउँमा बिभिन्न योजना दिने भन्दै गाँउलेलाई कांग्रेस प्रबेश गराए त्यसपछि एमालेका नेता तथा कार्यकर्ता अझै धेरै विकास निर्माण गरिदिने भन्दै एमालेमा फिर्ता गराए पाडि गाँउमा १ सय ७५ परिवार बसोवास गर्दै आएका छौ, योजना दिने भन्दै कहिले एमाले, कहिले कांग्रेसले भोट माग्ने गरेका छन् स्थानिय अगुवा प्रेमलाल भण्डारीले भन्नुभयो ।

गाउँमा बिभिन्न योजना निर्माण गरिदिने जागिर लगाइदिने भनेर मत मागीरहेको भएपनिअहिले निर्वाचनका बेला जनता पनि जुन नेता आयो उतै फर्कीने गरेक छन् । स्वामीकार्तिकखापर गाउँपालिका-१ मुक्तिकोटमा चुनावी प्रचारप्रसारमा पुग्ने सबै यस्तै भन्छन्, यहाँको गरिबी कुपोषण कम गर्ने भनेर प्रतिबद्धता गर्ने गरिरहेका छन् । चुनाव जितेपछि कहिले मुख नदेखाउने नेताहरु अहिले भने नानाथरीको विकास गर्छु भनेर लोभ देखाइरहेको स्थानिय गणेश बिकले बताउनुभयो । गाउँमा खानेपानी, बिद्यालय निर्माण तथा रोजगारिको ग्यारेन्टीको नारा लगाएर नेताहरु यतीबेला जताको घरदैलोमा पुग्ने गरेको मतदाताहरु बताउछन् ।

बाजुरामा मात्रै होइन दुर्गगका अधिकांश जिल्लाहरुमा उहीँ पुरानै अबस्था छ, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा लगायतका दुर्गमका गाउँमा नागरिकको समस्या पुरानै अबस्थामा छ । कति ब्यवस्था बदलिए कति देशले नेतृत्व गर्यो तर नागरिकको जीवनस्थरमा थोरै पनि परिर्वतन नभएको यहाँका नागरिकको भनाई छ ।

मतदान गर्ने दिन गन्दै बसेका यहाँका अधिकांश नागरिकको गुनासो उस्तै छ, सरकारले नागरिकको चाहना बुझ्न सकेन । राजनीतिक दलका प्रतिवद्धता र उम्मेदवारका पटक पटकका आश्वासन पत्याएका नागरिक त्यसको कार्यान्वयन नहुँदा निराश बन्नु स्वभाविक हो । तर, नेतृत्व परिवर्तन गर्ने लोकतान्त्रिक विधि भनेकै मतदान हो भन्नेमा पनि मतदाता स्पष्ट छन् । निर्वाचनको लामो अनुभव लिएका ज्येष्ठ मतदाताहरू मतदानलाई लिएर जति उत्साहित छन्, त्यति नै चुनिएर जाने प्रतिनिधिप्रति सशंकित पनि छन् । त्यसैले, विजयी हुनेहरुलाई मतदाताको उत्साह कायम राख्दै शंका मेटाउनुपर्ने चुनौती छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?