संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यकः नेता सिंह

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताउनुभएको छ ।

सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानून बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।काठमाडौँ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताउनुभयो ।

“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्‍यो”, शनिबार भएको प्रचार-प्रसार कार्यक्रममा उहाँले भन्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?