Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्रदीप पौडेल सुन्दर नेपालको परिकल्पनाकार हुन् : वरिष्ठ कलाकार शाह

Read Time = 1 min
A A- A+

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदातालाई मतदान गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

विशालनगरमा शनिवार बिहान आयोजित लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको भेलामा उहाँले पाँच वर्ष अघि गरेकोभूल सुधार गर्नुपर्ने बताउनु भयो ।

‘मैले पाँच बर्षअघि पनि लोकतान्त्रिक शक्तिलाई मत दिँऔँ भनेर भनेको थिए । अब यसपटक भने भुल नगरौँ,’ उहाँले भन्नुभयो, ‘अहिले यस क्षेत्रले प्रदीप पौेडेललाई उम्मेद्वारको रुपमा पाएको छ । प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन् । संकुचित सामन्ती सोचलाई पराजित गर्न लागि गठबन्धन गरेको हो । वैचारिक सम्मुन्नतिको पक्षमा मतदान गर्नुहोला ।’

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?