जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (हेर्नुहोस् पूर्णपाठ)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय सैली परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उहाँले संविधान संसोधनमार्फत १० प्रदेशको सैलीमा जाने बताउनु भयो ।

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताउनु भयो । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उहाँले बताउनु भयो ।

उहाँले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक विकास र सम्मृद्धिको आन्दोलनमा जानु पर्ने उहाँले बताउनु भयो । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताउनु भयो ।

देशको बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्ने बताउनु भयो ।

हेर्नुहोस् पूर्णपाठ:

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?