तम्घासमा हाटबजार पुनः संचालन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । तम्घासमा केहि समय बन्द भएको हाटबजार पुनः संचालनमा आएको छ । तम्घासको चारीखोलामा रहेको उक्त हाटबजार केही समय बन्द भएपछि आज पुनःसंचालनमा ल्याइएको हो ।

निजी क्षेत्रसंगको समन्वयमा सुरु भएकोले हाटबजार अब दिगो रुपमा संचालन हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

'हाटबजारले कृषकको उत्पादनको बजार सुनिश्चितता र उपभोक्तालाई निकै राहत पुग्ने छ ।' उहाँले भन्नुभयो, 'सबै कृषकले निर्धक्क भएर कृषि उत्पादन गर्नुस् । अब बजारको समस्या हुनेछैन ।'समुन्नत गुल्मीको यात्रामा कृषि क्षेत्रका लागि यो हाटबजार निकै लाभदायक बन्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?