तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time = 1 min

तनहुँ । पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका ५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको मध्य नेपाल नगरपालिका ९ दुई पिप्ले बस्ने २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो ।

घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर सडकको नालीमा खसेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?